काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानिय पालिकामा ‘गाउँ सेवा दल गठन’ गर्ने भएको छ ।
केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने उद्देश्यले सो सेवा दल गर्न गठन गर्न खोजिएको हो ।
प्राकृतिक विपत्ती, आगलागी, समाजिक समस्या लगायत जनताका विभिन्न समस्याहरुलाई समाधान गर्न सेवा दलका कार्यकर्ताहरु नागरिकका साथ सहभागी हुने विश्वकर्माको भनाई छ ।
केन्द्रीय कार्यसमिति बैठकले गाउँ, वडा, टोल तहमा मानवीय सेवाका कामलाई व्यवस्थित गर्न सेवा दल गठन गर्ने निर्णय गरेको थियो ।
सेवा दल गठनबारे कार्यविधि तयार गरेर सबै तहलाई पठाउने तयारी रहेको छ ।
Categorized in राष्ट्रिय