२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

इन्द्रचोकको सन्तानेश्वर मन्दिरमा फूलको गमला राखियो (फोटोफिचर)


प्रकाशित: बुधवार, १७ साउन २०८०, १३ः०० बजे
- नवराज कुँवर

काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिरको सौन्दर्यकरण बढाउन फुलको गमला राखिएको छ । 


इन्द्रचोकका भाडाव्यपारीहरु मिलेर मन्दिरको सौन्दर्यता बढाउन फूलसहितको गमला राखिएको व्यापारी राज वराईलीले बताएका छन ।

 


सो स्थानमा अहिले केही संख्यामा गमला राखिएको र केही दिनमा थप फूलको गमलाहरु राख्ने योजना रहेको उनले सुनाए । 


यस अघि सो मन्दिर परिसरमा मन्दिरनै नदेखिने गरी विभिन्न प्रकारका खास्तुु, सलहरु राखेर व्यापार व्यवसाय गर्दा मन्दिरको अस्तित्वनै संकटमा परेका थियो । 

 


काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदर बालेन्द्र साह (बालेन) प्रमुख भएपछि मन्दिर ओगेटर बसेका व्यापारीहरुलाई हटाएको थियो । 

 

 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex