काठमाडौं । इतुम्बहाःमा शनिवार केशचन्द्र महाविहारमा बनेको म्युजियमको उद्धाटन भएको छ ।
म्यूजिमको काठमाडौं महानगर पूर्व प्रमुख विद्यासुन्दर शाक्य, बागमती प्रदेश सभासद शैलेन्द्रमान बज्राचार्य लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा केशरचन्द्र महाविहार संरक्षण समाज, इतुम्बहाको अध्यक्ष प्रज्ञारत्न शाक्य, स्थानीयहरु रहेका थिए । उद्घाटनपछि म्युुजिमका राखिएको मुर्ति, प्रचिन सांस्कृतिका महत्वपूर्ण बस्तुहरुको अवलोकन गरिएको थियो ।

समाजको अध्यक्ष शाक्यले यो म्यूजिममा स्थानीय, सर्वसाधरण सबैले म्यूजिम अवलोकन गरेर थुप्रै सम्पदाहरुको ज्ञान लिन सक्ने बताए । शाक्यले अमेरिकास्थित रहेको रूबिन म्युजियम र इतुम्बहाःको सम्बन्ध बारे पनि चर्चा गरेका थिए ।
केशचन्द्र महाविहारलाई काठमाडौंको सबभन्दा पुरानो र महत्वपूर्ण महायान बौद्ध महाविहार मानिन्छ । यहाँ अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमसँगको सहकार्यमा संग्रहालय खुलेको हो ।

केही दिनयता स्थानीय एवं अभियानकर्ताहरूले सो म्युजियमको विरोध जनाएका छन ।
शुक्रबार इन्द्रचोकमा केही अभियन्ताहरूले म्युजियमको विरोध गरेका थिए । उनीहरुले जीवित सम्पदाको रूपमा रहेको महाविहारमा संग्रहालय खोल्दा वर्षौंदेखि चल्दै आएको पूजाआजा र संस्कार प्रभावित हुने तथा विदेशी हस्तक्षेप बढेको बताएका छन ।





तस्वीरहरुः रमेश शाक्य/महानगरखबर
Categorized in सम्पदा/संस्कृति