२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

इतुंबाहाः म्युुजिमयको महानगर पूर्व प्रमुख विद्यासुन्दरले गरे उद्घटान


प्रकाशित: शनिवार, १३ साउन २०८०, १३ः५० बजे
- महानगरखबर

काठमाडौं । इतुम्बहाःमा शनिवार रुबिन म्युुजिमको सहयोगमा स्थापना भएको ‘इतुंबाहाः म्युुजिमय’को उद्घाटन गरिएको छ । 


म्यूजिमको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, बागमती प्रदेश सभासद शैलेन्द्रमान बज्राचार्य लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

 


 

सो अवसरमा केशरचन्द्र महाविहार संरक्षण समाज, इतुम्बहाको अध्यक्ष प्रज्ञारत्न शाक्य, स्थानीयहरु, रुबिन म्यूजिमका अधिकारीहरु रहेका थिए । 


उद्घाटनपछि म्युुजिमका राखिएको मुर्ति, प्रचिन सांस्कृतिका महत्वपूर्ण बस्तुहरुको अवलोकन गरिएको थियो । 


समाजको अध्यक्ष शाक्यले यो म्यूजिममा स्थानीय, सर्वसाधरण सबैले म्यूजिम अवलोकन गरेर थुप्रै सम्पदाहरुको ज्ञान लिन सक्ने बताए । 


शाक्यले अमेरिकास्थित रहेको रूबिन म्युजियम र इतुम्बहाःको सम्बन्ध बारे पनि चर्चा गरेका थिए । 



फाइल फोटो 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex