काठमाडौँ । काठमाडौंको इतुम्बाहःमा स्थापना गर्न खोजिएको म्यूजिमविरुद्ध शुक्रवार इन्द्रचोकमा अभियान्ताहरुले प्रदर्शन गरेका छन ।
इतुम्बहाःस्थित केशचन्द्र महाविहारमा खुल्न लागेको म्यूजिमलाई लिएर सम्पदा संरक्षण अभियन्ता तथा स्थानीयहरूले विरोधमा उत्रेका हुन ।
यस महाविहारमा अमेरिकास्थित रूबिन म्युजियमको सहभागितामा संग्रहालय खुल्न लागेको हो ।

उनीहरुले नेपालबाट चोरिएका वा हराएका २ दर्जनभन्दा पुरातात्त्विक सम्पदा आफ्नो संग्रहमा रुबिन म्युजियमले दिएको आर्थिक सहयोग नलिन माग गर्दै स्थानीय तथा अभियान्ताहरु विरोध प्रदर्शनमा आएका हुन ।
उनीहरुले सम्पदाको तस्बिर अंकित ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका छन ।
केशचन्द्र महाविहारबाटै सन ९० को दशकमा चोरिएको माला पहिरेकी अप्सरा (गन्धर्व)को आकृति रुबिनमै फेला परेपछि २ वर्षअघि मात्रै जनस्तर तथा कूटनीतिक पहलबाट घर फिर्ता गरिएको थियो ।
अहिले महाविहारमा संग्रहालय खोल्दा वर्षौंदेखि चल्दै आएको पूजाआजा र संस्कार प्रभावित हुने भन्दै स्थानीयले आपत्ति जनाएका छन ।
Categorized in सम्पदा/संस्कृति