७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

निर्वाचन खर्च विवरण नबुझाउनेहरुमा रास्वपाकी सोविता देखि कांग्रेसका गगन थापासम्म (सुुची सहित)


प्रकाशित: मंगलवार, ९ साउन २०८०, १६ः२० बजे
- महानगरखबर

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण नबुुझाउने उम्मेदवाहरुको नाम सार्वजनिक गरेको छ । 


आयोगले सार्वजनिक गरेको निर्वाचन खर्च विवरण नबुुझाउने नामहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतम, नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी धर्ती, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतको नाम रहेको छ । 


त्यसैगरी एमालेका राजन भट्टराई, शेरधन राई, माओवादीका गिरिराजमणि पोखरेल, कांग्रसेका विजय गच्छदार, महेन्द्र यादव लगायतका उम्मेदवारहरुले खर्च विवरण बुुझाएका छैनन । 


आयोगले प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।


समयमै खचै विवरण नबुुझाएको भन्दै उनीहरुलाई १५/१५ हजार जरिवाना तिर्न निर्देशन साथै ७ दिन भित्र खर्च विवरण बुुझाउन पनि भनेको छ । 


हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ ।


यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 


सुचि विवरणः 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex