काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सोमवारको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा सँगै बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएका छन ।
कांग्रेस संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको महामन्त्री थापाले बताएका छन ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताए ।
संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरेका छन ।

मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु उनले भने ।
संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाको भनाई थियो ।
महामन्त्री थापाले आरजु राणााले महामन्त्री थापाको प्रतिवेदन ‘एनजीओको विसलिष्ट’ भनेपछि जवाफ फर्काएका छन ।
थापाले केही साथीले प्रतिवेदनलाई ‘एनजीओको विसलिष्ट’ जस्तो भनेको भन्दै थपे, ‘एनजीओमा काम नगरेको हुनाले त्यति अनुभव त छैन । तर यो आम पार्टी साथीहरुको ‘विसलिष्ट’ हो ।’
थापाले आफू मौन बसीदिए पार्टीभित्र सबै ठीकठाक हुने केहीलाई परेको बताएका छन ।
बैठकमा केन्द्रीय सदस्यले राखेका विषयमा जवाफ दिँदै भने, ‘महामन्त्री मौन रहे पार्टीको सबै समस्या हल हुन्छ भन्ने छ ।’
बैठकमा धारणा राख्ने क्रममा संस्थापन पक्षीय कतिपय केन्द्रीय सदस्यले उनले बाहिर बोलेको विषयलाई चर्चा गरेका थिए । सभापतिलाई कमजोर बनाउने गरि महामन्त्री बोलेको उनीहरुको भनाइ थियो ।
त्यसैगरी, उनले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राखेका छन ।
बैठकमा महामन्त्री थापाले सुशासनसम्बन्धी १३ बुँदे लिखित प्रस्ताव राखेका छन् । उनको प्रस्ताव छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’
२०८२ सालमा १५ औं महाधिवशेन हुनैपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले २०८२ सालमा महाधिवेशन गर्नैपर्ने बताएका छन ।
कांग्रेसको महााधिवेशन ४÷४ वर्षमा हुनुपर्ने विधानको व्यवस्था भएपनि नियमित समयमा नहुने परम्परा छ ।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको अर्को निर्वाचन २०८४ मा हुनेछ । कांग्रेसको महाधिवेशनका कारणले राष्ट्रिय चुनावमा असर गर्न नहुने थापाले बताए ।
अबको केन्द्रीय कार्यसमिति बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ ।
आजको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले साउन १० गते बेलुकी ४ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका हुन ।
Categorized in राष्ट्रिय