१८ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मौद्रिक नीतिबारे यी १० कुरा जानौं (पूर्णपाठ)


प्रकाशित: आइतवार, ७ साउन २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको  छ ।


आइतवार एक पत्रकार सम्मेलन गरी बैंका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे जानकारी दिएका थिए । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६ प्रतिशत कायम गरेको छ । 
त्यस्तै घरजग्गा, सेयर र हायर पर्चेज कर्जाको जोखिमभारमा पुनरावलोकन गरिने उल्लेख गरिएको छ ।

 

१. बैंकले साना सेयर लगानी कर्ताहरुलाई राहात दिने गरी नीति ल्याएको छ । अब ५० लाख रुपियाँ भन्दा कम शेयर धितो कर्जाको जोखिम भार एकसय प्रतिशत कायम गरिने भएको छ । 


२. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिने छ ।


३. पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड रुपैयाँ र्पुयाइने छ ।


४. बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले दिने ऋणमा लिने ब्याजदर (बैंकदर) बढाउँदै ६.५ प्रतिशतमा झारेको छ। हाल यो ७.५ प्रतिशत थियो।


५. आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जारसुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गरिने छ ।


६. राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ।


७. २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिनेछ ।


८. भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ ।


९. राष्ट्र बैंकले सहकारी संस्था नियमनका तथा छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापनाका लागि आफूले आवश्यक सहजीकरण गर्ने उल्लेख गरेको छ।


१०. आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेको छ ।

 

पूर्णपाठ: - 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex