१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

शनिवार काठमाडौं र ललितपुरको यी स्थानहरुमा बत्ति नहुने 


प्रकाशित: शुक्रवार, ५ साउन २०८०, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोली (शनिवार) टेकु स्टेशनबाट आपूर्ति हुने विद्युत सेवा बन्द हुने भएको छ । 


शनिवार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको हो ।


प्राधिकरणका अनुसार टेकु  सबस्टेसन स्तरोन्नती गर्नु पर्ने भएकोले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने भएको हो । 


बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ ।


त्यसैगरी पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र  ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ ।


चमती फिडर अन्तर्गतका  ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका  बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत प्रभावित हुने प्राधिकरणले जारी गरेको सुचना उल्लेख छ ।

 
त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका  टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वल्र्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर  चोकसम्म, आशा अस्पताल, वल्र्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने छ ।


प्राधिकरणका अनुसार  भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत अवरूद्ध हुनेछ ।


प्राधिकरणको सुचना 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex