८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सुन काण्डः थप एक जना कोटेश्वरबाट पक्राउ, विमानस्थलमा थप ६ कार्टुन फेला, सुन भएको आशंका


प्रकाशित: विहिवार, ४ साउन २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन विमानस्थल सुन प्रकरणमा थप एक जना कोटेश्वरबाट पक्राउ परेका छन । 


राजश्व अनुसन्धान विभागको टोलीले राजन श्रेष्ठलाई पक्राउ गरेका हुन ।  यस प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ उनललाई पक्राउ गरिएको हो ।

 
योसँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । हिजो मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजबाट आएको ब्रेक शुमा राखेर सुन तस्करी भएको हो । 


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर निस्किएको सुन ट्याक्सीमा चढिसकेपछि विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । 


टक्सार विमागले बरामद गरिएको सुनको तौल गरे अनुसार सुनसहित ब्रेक शु १५५ केजी रहेको छ । 


विभागले यस प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन् र रामकुमार भुजेल पक्राउ परेका छन । 


उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । यसका लागि विभागलाई अदालत पाटनले अनुमति लिएको छ ।


विमानस्थलमा थप सुन हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको छ । यसैविच रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ वटा कार्टुन विमानस्थल भन्सार गोदाममा फेला परेको छ ।


सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र सुन हुन सक्ने आशंका विभागले गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika