१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विभागद्धारा अल स्किल्स इन्टरनेशनलमा छापा, सेवा शुल्क १० हजार लिने ठाउँमा १ लाख ८० हजारसम्म असुलेको अरोप


प्रकाशित: मंगलबार, १५ साउन २०७५, १०ः५७ बजे
- महानगरखबर

काठमाडौँ । बैदेशिक रोजागरीमा जाने युवाहरुबाट बढी रकम असुली गरेको भन्दै बैदेशिक रोजगार विभागले मंगलबार बसुन्धारास्थित वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ ।

 
सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको बिभागले जनाएको छ । 


विभागले उक्त मेनपावर कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । 


सो मेनपावर कम्पनीबाट मंगलबार मात्रै ३५ जना नेपाली वैदेशिक रोजगारीका लागि कुवेत जाँदै थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex