७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै रिट


प्रकाशित: बुधवार, ३ साउन २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमको खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । 


आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरेको यस कार्यक्रमको खारेजीको मार्गै अधिवक्ता अनिल आचार्यसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेको हो । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।


संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका दरले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ ब्ययभार हुने गरी रकम विनियोजन गरिएको भन्दै रिटमा बजेटको सो व्यवस्था खारेजीको माग गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex