९ भाद्र २०८३, मंगलबार
Header

कांग्रेस बैठक लाइभ गर्ने तयारी, यी १० ऐजेण्डमा छलफल हुने


प्रकाशित: मंगलवार, २ साउन २०८०, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । मंगलवारबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो १ बजेबाट सुरु हुने भएको छ । 


पार्टी केन्द्रिय कार्यलय सानेपामा हुने बैठक लाइभ गर्ने तयारी गरिएको छ । हिजो सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

 
आजको बैठकका लागि १० एजेन्डामा छलफल हुने छ । एजेण्डाहरु समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमा छलफल हुनेछ । 


एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिमा चुनावी समीक्षादेखि रास्ट्रव्यापी अभियानलगायत छलफल हुने छ ।


कांग्रेसले केन्द्रीय समिति बैठक पहिलोपटक आज लाइभ गर्ने तयारी गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex