१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बैंकले लागु गरयो नयाँ ब्याजदर, कुन बैंकको कति ?


प्रकाशित: आइतवार, ३१ असार २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर लागु गरेको छ ।  


नेपाल बैंकर्स संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा तय गरेको निक्षेपको ब्याजदर फरक देखिएको छ । 


एनएमबी, प्राइम कमर्सियल, एनआईसी एसिया र नबिल बैंकले ब्याजदर बढाएका छन । प्राइम कमर्सियल बैंकले सबै अवधिको मुद्दती निक्षेपमा १० दशमवव ९३ प्रतिशत ब्याज दिने भएको छ ।  


एनएमबी बैंकले भने १० वर्ष माथिको मुद्दती निक्षेपमा १० दशमलव ९८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भएको छ भने त्यो भन्दा कम अवधिको मुद्दती निक्षेपमा एकल अंकको ब्याजदर प्रस्ताव गरेको छ ।
नबिल बैंकले पनि २ वर्षभन्दा माथिको निक्षेपमा १० दशमलव ४९ प्रतिशत ब्याज दिने भएको छ ।


एनआईसी एसिया ब्याजदर (१०.९६), कुमारी, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, नेपाल एसबीआई, हिमालयन र सिटिजन्स बैंक इन्टरनेशनलले यसअघिको ९ दशमलव ९९ प्रतिशत ब्याजलाई नै निरन्तरता दिएका छन । 


एभरेष्ट, प्रभु, सिद्धार्थले ९.५ प्रतिशत, सनिमाले ९.५२ र कृषी विकास बैंकले ९.५१ ब्याज दिने भएको छ । मछापुुच्छ«े ९ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक ८.९९ प्रतिशतको ब्याजदर रहेको छ । 


ब्याज घटाउनेमा स्टायन्डर्ड चार्टर्ड बैंक छ, जसले ब्याजदर १० प्रतिशतले नै घटाएर ८ दशमलव ९५ प्रतिशत कायम गरेको छ ।


असारसम्म सबै वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ९ दशमलव ९९ प्रतिशत ब्याज रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex