७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अडियो सार्वजनिक पछि कांग्रेस नेतृ आरजुुको यस्तो प्रतिक्रिया...


प्रकाशित: सोमवार, २५ असार २०८०, २०ः५० बजे 
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणाले नक्कली भुुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको अडियो सार्वजनिक भएपछि प्रतिक्रिया दिएकी छिन । 


सोमवार संसद बैठकपछि पत्रकारहरुको जिज्ञासामा नेतृ राणाले अडियो टेप सार्वजनिक गरिनु आफू विरुद्ध षडयन्त्र भएको बताएकी छिन । 


उनले प्रहरीकाहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो ? भनेर प्रश्न गरेकी छिन । अभियुक्तको बयानमै यो अडियो गलत भन्ने सावित भइसकेको कुरा फेरि प्रहरीबाट कसरी बाहिर आयो ? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो ।


शरणार्थी प्रकरणमा नेतृ राणालाई रकम बुुझाएको भन्ने व्यहोराको अडियो परीषणपछि सो अडियोमा बोल्ने अभियुुक्त दाङका सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएपछि आरजुलाई पनि अनुसन्धानको दायारमा ल्याउनु पर्ने चर्चा चलेको छ । 


सो अडियोमा अभियुक्त शर्माले शरणार्थी प्रकरणमा राणालाई पैसा बुुझाएको भनेको संवाद रहेको जनाएको छ । 


राणाले आफूले प्रहरीसँग सो विषयमा के भईरहेको छ भन्ने विषयमा बुुझेको पनि बताएकी थिईन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex