७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सवारी दुर्घटनमा ३ महिनामा ५८१ जनाको मृत्युु 


प्रकाशित: शुक्रवार, २२ असार २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा सवारी दुर्घट्नाको कारण ३ महिनायता ५८१ जनाले ज्यान गुमाएको छ । 


शुक्रवार नेपाल प्रहरीले सार्वजनिक तथ्यांकमा सो संख्यामा मृत्यु भएको बताएको छ । 


प्रहरीको रेकर्डमा चैत्र १५ गतेदेखि असार १५ सम्म ६ हजार ४२० सवारी दुर्घटनाका घटनाहरू दर्ता भएकोमा ५८१ जनाले ज्यान गुमाएको  र  १ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


६ हजार ७२१ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकले जनाएको छ । 


सो तीन महिनाको अवधिमा ७ लाख ३६ हजार ४७० सवारी साधनलाई कारबाही गरिएको छ ।


सवारी दुर्घटनाको घटनाबाट प्रहरीले ५६ करोड ४६ लाख ५४ हजार २ सय रूपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex