काठमाडौं । विहिवार माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले दिउँसो पत्रकार सम्मेलन गरेर एसइईको नतिजा सार्वजनिक गरको हो । बोर्डका अनुसार यो वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
परिक्षामा सहभागीहरु मध्ये २ देखि २.४ जीपिए ल्याउने सबैभन्दा बढि रहेको बोर्डले जनाएको छ । उक्त संख्यामा जीपिए ल्याउने एक लाख २ हजार २९३ छन ।
०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ । यो सबैभन्दा कम हो । ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० रहेका छन ।
एन ए (नन एग्रिगेड) १३ हजार ९९२ जना रहेका छन । यी विद्यार्थीहरुले पुनः परीक्षा दिनुपर्नेछ ।
विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए ग्रेड पाउछ ।
७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी र ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस पाउँछ । ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
Categorized in राष्ट्रिय