२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागमती किनारका सुकुुम्बासी बस्ती खाली गराउन सरकारलाई निर्देशन


प्रकाशित: बुधवार, २० असार २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । बागमती किनाराका अव्यवस्थित बसोवास एंव सुकुम्बासी ६ महिनाभित्र व्यवस्थापन गरी सो स्थान खाली गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 


बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 


समितिका सचिव उदयकुमार भण्डारीका अनुसार समितिको बैठकले बागमती किनारमा रहेको अव्यवस्थित बसोबासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सरकारलाई निर्देशन दिएको हो ।


समितिले उच्चस्तरीय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहयोगमा बागमती किनारको स्थलगत अवलोकन गर्ने र सो अनुसार कार्य अघि बढाउने भएको छ । 


यस अघि सरकारले आ।व। २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा पनि बागमति किनारका अव्यवस्थित बस्ती हटाउने उल्लेख गरेका थिए । 


काठमाडौं महानगरले पनि नदि किनाराका बस्ती खाली गर्न पटक पटक सुचना जरी गरेसँगै खाली गराउन प्रयास पनि गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex