९ भाद्र २०८३, मंगलबार
Header

ओलीले मागे प्रधानमन्त्री दाहालको राजीनामा 


प्रकाशित: बुुधवार, २० असार २०८०, १९ः४० बज
- महानगरखबर

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रतिपक्षी नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन । 


बुधवार संसदको बैठकबाट बाहिरिने क्रममा पत्रकाहरुले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने बताएका हुन ।


प्रधानमन्त्री दाहालले सोमवार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक सरदार प्रीतम सिंहले दिल्ली गएर पटक पटक प्रयास गरेको अभिव्यक्ति दिएको विषयलाई लिएर एमालले आपत्ति जनाएका छन । 


उनीहरुले सो विषयमा आपत्ती प्रकट गर्दै प्रतिनिधिसभा बैठक अबरोध समेत गरेका छन । 


एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण राजीनामा दिनुपर्ने बताएका हुन ।


‘प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दै गर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो । जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ’ ओलीले भने ।


प्रधानमन्त्रीले स्पष्टीकरण होइन राजीनामा दिनु पर्ने ओलीले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex