७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम दिल्ली गएको भन्ने अभिव्यक्तिले प्रम दाहाल विवादमा


प्रकाशित: बुुधवार, २० असार २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालले विरोध जनाउने भएको छ ।


एमाले बुधवार दिउँसो १ः३० बजे सिंहदरवारस्थित एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालको अभिव्यक्तिको भत्र्सना गर्ने र राजीनामा समेत माग्ने बताइएको छ । 


सोमवार (असार १८ गते) प्रधानमन्त्री दाहालले भारतीय नागरिक सरदार प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक – पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि प्रम फेरि विवादमा तानिएको छ ।

 
सो अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि कार्यक्रममै उपस्थित थिए ।


प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको एक एमाले नेताले बताएका छन । 


भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार सिंहको संहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचनको क्रममा उनले सो अभिव्यक्ति दिएका थिए । 


दाहालले सरदार प्रितम सिंहले नेपालको सामाजिक विकासमा योगदान दिएको भन्दै प्रशंसा समेत गरेका थिए । 


सिंहको ८८ औं जन्मदिवसको अवसरमा सो पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा प्रचण्डले नेपालको यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा प्रशस्तै योगदान दिएको टिप्पणी गरे ।


सिंहले जम्मुबाट नेपालमा थुप्रै ट्रक तथा मजदुर ल्याएर यातायात क्षेत्रमा योगदान दिएका छन । 


प्रधानमन्त्री दाहालको सो व्यक्तिले राजनीतिक बृतमा चर्को विरोध सुरु भएको छ । 


भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य संसद्बाट विश्वास पाएको प्रधानमन्त्रीले जनादेश बिर्सनु गलत भएको बताए ।


राजनीतिशास्त्री हरि शर्मा यस्ता अराजनीतिक अभिव्यक्तिले व्यक्ति र राष्ट्रकै गरिमा घटाउने उनको भनाइ छ । 


विपक्षी दल एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था संविधानमा उल्लेख भएकाले बाह्य शक्तितिर संकेत गर्नु आपत्तिजनक भएको बताए । 


माओवादीकै एक पदाधिकारीले पनि प्रधानमन्त्री दाहालको भनाइ गलत भएको बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex