काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
राष्ट्रपति पौडेलको भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतको खर्च सरकारले भुक्तानी गर्ने भएको हो ।
असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलको उपचार, हवाई भाँडा लगायको ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ भएको खर्च बेहोर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले जानकारी दिए ।
यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।
Categorized in राष्ट्रिय