७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

असार १५ः खुमलटारमा कृषीमन्त्रीले रोपे धान, चितवनमा ओलीले


प्रकाशित: शुक्रवार, १५ असार २०८०, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । असार १५ गते धान दिवसको अवसरमा कृषी तथा पशुपंक्षी मन्त्री बेदुराम भुुसालले खुमलटारमा धान रोपाई गरेका छन । 


शुक्रवार मन्त्री भुसालले राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर धान रोपेका हुन ।  


उनले हातले र राइस ट्रान्सप्लानरले धान रोपेका थिए । उनले बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको आरोप लगाए । 


त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर खेत रोपाइँमा सहभागी भएका छन । 


राष्ट्रिय धान दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रममा ओली सहभागी भएका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex