काठमाडौं । संसदमा पहिलो पटक मत बजेट पारित गर्न मतदान भएको छ ।
बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित विपक्षी दल नेकपा एमालले मत विभाजनको माग गरेपछि मतदान भएको थियो ।
मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत परेपछि बहुमतले बजेट पारित भएको थियो । बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए ।
तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई विभाजन गरी मत संकलन गर्नुपर्ने भनिएको छ ।
फाईल तस्वीर
Categorized in राष्ट्रिय