काठमाडौँ । प्राकिकृत प्रकोपमा परि ४ महिनायता ४ सय ५५ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयले सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षातबाट सात, लेक लाग्नुबाट १२, चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३०९ पुरुष र १४६ महिला रहेका छन ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रकाका अनुसार विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनुका साथै दुई हजार २३० जना घाइते भएका छन । साथै, तीन हजार ७७५ घर प्रभावित, २०१ गोठमा क्षति पुगेको छ । यो वर्ष विपद्बाट मात्र मुलुकमा रु एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
गतवर्ष विपद्मा परि देशभर ५९७ जनाको ज्यान गएको थियो । जसमा ३५७ पुरुष र २४० महिला रहेका थिए ।
Categorized in राष्ट्रिय