२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंका यी अस्पतालहरुमा निःशुल्क बेड छुुट्टाइयो


प्रकाशित: बुुधवार, १३ असार २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा निःशुल्क शय्या (बेड) छुट्टाइएको छ ।


विहिवारदेखि लागु हुने गरी मन्त्रालयले कान्ति बाल अस्पतालमा २४८, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा ६०, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शय्या निःशुल्क बेड सर्वसाधरणको लागि छुुट्टा एको हो । 


त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरले १५० र शहीद गंगालाल हृदयरोग केन्द्र ९० वटा वेड निःशुल्क गरेको छ । यसअघि, वीर अस्पतालले ७०० निःशुल्क शैयाको व्यवस्था गरिसकेको छ ।

 
यी अस्पतालमा शय्या (बेड) गरिब, असहाय र अशक्तहरुका लागि निःशुल्क दिने भएको हो । सरकारी अस्पतालका क्याबिन र आईसीयू श्यामा भने शुल्क लाग्नेछ ।


मन्त्रालयका अनुसार अस्पतालका निर्देशक र मन्त्रालयका अधिकारीहरुको दुई चरणको छलफलबाट शय्या निशुल्क गर्ने निर्णय भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex