७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना, कसको नाममा कति जग्गा ?


प्रकाशित: बुधवार, १३ असार २०८०, २०ः३४ बजे
- महानगरखबर

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिविआई)ले ललिता निवास परिसरको १४३ रोपनी जग्गा हिनामिना भएको बताएको छ । 


ललिता निवास जग्गा घोटला किर्ते प्रकरणमा पक्राउ परेकाहरुले पहिलो चरणमा ११२ रोपनी जग्गा कीर्ते गरी आफ्नो नाममा सारेको पाइएको सिआइबीले जनाएको छ । 


मंगललावर ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रक्रिया पुनः अघि बढाए लगत्तै ७ जनालाई पक्राउ गरेका थिए । 


पक्राउ परेका मध्ये ३ जना भने अदालतको स्टे अडरका कारण हिजो नै रिहा गरिएको थिए । रिहा हुनेहरुमा पूर्वसहसचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणी केसी र सुरेन्द्र कपाली रहेका छ । 


सिविआईका हिरासतमा रहेको ४ जना भाटभटेनी सुपरमार्केटका सञ्चालक ६९ बर्षिय मीनबहादुर गुरुङ, काठमाडौं ७ रातोपुलका धर्मप्रसाद गौमत, चन्द्रागिरि नगरपालिका ३ का ६० वर्षीय गोपाल कार्की र ६५ वर्षीय सुधिर शाहलाई बुधवार म्याद थप गर्न अदालत लगिएको थियो । 

 


जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।  


पक्राउ परेका मीनबहादुर र उनका नातेदारहरूको नाममा २९ रोपनी जग्गा देखिएको छ । 


यस्तै मालपोतका पूर्व शाखा अधिकृत धर्मप्रसाद गौतमको नाममा नाममा ३ रोपनी जग्गा देखिएको हो । 


पूर्वनिर्वाचन आयुक्त सुधिर शाहकी श्रीमती उर्मिलाको नाममा भने ५ रोपनी २ पैसा जग्गा रहेको पाइएको छ । 


मीनबहादुरलाई भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुद्दा चलाइसकेको छ । 


उनीविरूद्ध अख्तियारले ३९ करोड २७ लाख ६८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ । उक्त मुद्दामा गुरूङ तीन करोड रूपैयाँ धरौटीमा रिहा भएका थिए ।


यसअघि सिआइबीले २०७८ पुसमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर अनुसन्धानमा कमिकमजोरी भएको भन्दै थप अनुसन्धान गर्न भनिएको थियो । 


अहिले पुनः प्रमाण संकलन गरेर अनुसन्धान गरिरहेको एआइजी किरण बज्राचार्यले वताईन । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex