काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।
प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की का अनुसार शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको थियो ।
यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जिल्ला अदालत काठमाडौंले थुनामा पठाएको छ भने दुुई जना लक्ष्मी महर्जन र टंक गुरुलाई धरौटीमा छाडिएको छ ।
Categorized in समाज