काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा २ जना युवक मृत अवस्थामा भेटिएको छ ।
प्रहरी अधिकारीका अनुसार सोमवार बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको हो ।
मृत्यु हुनेहरूमा झापाका ३६ वर्षी दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन ।
प्रहरीका अनुसार इनार नजिकैको घरमा रङ लगाउन पुुगे उनीहरु मध्ये दिपेन पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न जाँदा डुवेका थिए ।
पछि दिपेनलाई निकाल्न गएका जितेशको पनि डुुबेर मृत्यु भएको प्रहरीले बताएका छन । उनीहरुको शव अहिले बाहिर निकालिएको छ ।
Categorized in समाज