७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समानुपातिक निर्वाचन प्रणाली हटाउः गगन थापा


प्रकाशित: शनिवार, ९ असार २०८०, १५ः३० बजे
- महानगरखबर

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संविधानमा रहेको समानुपाति निर्वाचन प्रणाली हटाउनु पर्ने धारणा राखेका छन ।


थापाले शनिवार आफ्नो काठमाडौं क्षेत्र नं. ४ को निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने कुरामा सो धारणा राखेका हुन । 


उनले प्रतिनिधिसभालाई समावेशी बनाउने अरु तरिका अपनाउन सकिने तर समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा राखेका हुन ।

 


प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीमात्र उचित हुने भन्दै मश्रित निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन कठिन भएका बताए । 


उनले भने, ‘अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ ।’


समानुपातिक निर्वाचण प्रणालीको कारण अहिले गठबन्धनहरु जताजतै गएको देखिएको छ । समावेशी संसद बनाउन यो प्रणाली अपनाएका थियौ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex