काठमाडौं । समाजवादी मोर्चाका एक घटक नेकपा एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकार ढालेर कांग्रेस नेतृत्व सरकार बनाउन खोजेको आरोप लगाएका छन ।
नेपालले शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन सो बताएका हुन ।
उनले ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको आशंका व्यक्त गरेका छन ।
उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन ।’
केपी ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस आफू साथ दिन तयार रहेको भनाई व्यक्त गरिरहेको नेपालले बताए ।
नेपालले नेपाली काँग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको आरोप लगाए ।
Categorized in राष्ट्रिय