काठमाडौं । नेपालका चर्चित पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रशिक्षण विभाग प्रमुखमा नियुक्त भएका छन ।
विहिवार रास्वपाको चियापान कार्यक्रमलाई अनिल शाहले सम्बोधन गरेका छन । उनले आफूले जिम्मेवारी पाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन ।
उनले भने,‘ आज हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी पनि नयाँ सोच बनाएर अघि बढेर जाँदै गर्दा धेरैले मुसुमुसु हाँसेर गर्छन र यनीहरुले, ईतिहास हेर्नु भन्छु जब नेपालका छोराछोरीहरुले आटेको छ धेरै परिवर्तन भएको छ ।’
यो युवाहरुको पार्टी मात्र हैन यो नेपालीहरु पार्टी हो सबै यसमा जुटुपर्ने आव्हान समेत गरे ।
‘म किन आए त मेरो विशेषता भनेको नेतृत्वको विकास गर्न नेपालहरुलाई कसरी अगाडी बढाउ, सबै क्षेत्रमा यहाँ चै मेरो शिपलाई प्रयोग गर्न सक्छु, भनेर आएको हुँ ।’ उनले भने ।
उनले पार्टी प्रवेश मेरो सुरुवात भएको हो र आउने दिनमा मैले केही राम्रो गरे भने वाह वाह भनिदिनुहोला, नगरे सचेत गरिदिनु होला भने ।
रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए ।
Categorized in राष्ट्रिय