काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने बताएका छन ।
बुुधवार ‘अन्तराष्ट्रिय योग दिवस – २१ जुुन’ कार्यक्रममालाई सम्बोधन गर्दै प्रम दाहालले सो बताएका हुन ।
उनले यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको भनाई राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो उद्देश्य राखेको जानकारी गराए ।
‘मठ, मन्दिर, मूर्तिकलामा होस वा चित्रकला, थांका होस वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ढुंगेधारा, कुवा, इनार र राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको हामी सबैले देख्न सक्दछौँ । त्यसैले योग नेपालकै अमूल्य सम्पत्ति पनि हो ।’
कार्यक्रममा उनले योग नेपालको अमूल्य सम्पत्ति भएको समेत उल्लेख गरेका थिए ।
पहलो अंतरराष्ट्रीय योग दिवस २१ जून २०१५ को मनाईएको थियो ।
Categorized in स्वास्थ्य