काठमाडौं । काठमाडौं जिल्लाका स्थायी वासीहरुको लागि राष्ट्रिय परिचय विवरण दर्ता जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हुने व्यवस्थामा गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जेठ ४ गते सोमवार गरेको निर्णय अनुसार काठमाडौं जिल्लाका स्थायी ठेगाना हुनेहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर विवरण दर्ता गर्नु पर्नेछ ।
काठमाडौं, भक्तपुर र ललितपुर बाहेक बागमति प्रदेशका सबै जिल्लाहरुका लागि राष्ट्रिय सभागृह काठमाडौंमा गएर विवरण भर्न पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, मधेश प्रदेशका धनुुषा र पर्सा जिल्लाका सेवाग्राहीहरुको लागि नारायणहिटी दरवार संग्राहलय परिसर तोकिएको छ ।
विवरण भर्नको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाई सराई गरी आएको हकमा बसाई सराइृको प्रमाणपत्र र विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने प्रमाणपत्रको सक्कल कागजात चाहिने प्रशासन कार्यालयले जनाएको छ ।
Categorized in समाज