७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

समाजवादी मोर्चा किन ? (घोषणापत्र सहित)


प्रकाशित: सोमवार, ४ असार २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । सत्तागठबन्धनका तीन दल र नेकपा सहित चार दलले समाजवादी मोर्चाको घोषणा गरेका छन ।


सोमवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्दको उपस्थितीमा मोर्चाको घोषणा गरिएको हो । 


यी चार दलले राजनीतिक शक्ति आर्जन गर्नका लागि निर्माण गरिएको मोर्चाले मुलुकमा देखिएको पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिने लक्ष्य राखेको जनाएको छ । 


मोर्चाले यसको प्रस्तावना, मोर्चा बनाउनुको उद्देश्य, प्रतिबद्धता र मोर्चाको संगठन संरचनासमेत तय गरेको छ । 


प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद छन ।  जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन । 


मोर्चाको दस्तावेजको पूर्ण पाठ :-

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex