२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बाढि पहिरोमा परि अहिलेसम्म ८ जनाको मृत्यु, २८ बेपत्ता


प्रकाशित: सोमवार, ४ असार २०८०, १३ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेसँगै भएको बर्षा, बाढि र पहिरोको कारण ८ जनाका ज्यान गएको छ । 


उद्दार तथा खोजविन कार्यमा संलग्न अधिकारीहरुका अनुसार २८ जना बाढि र पहिरोमा परि बेपत्ता भएका छन । 


मृत्यु हुनेहरुमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार भोजपुर ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन छन ।


त्यसैगरी फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन ।


वेपत्ता हुनेहरुमा प्रहरी अधिकारीहरुका अनुसार  ३ जना महिला र २५ जना पुरुष बेपत्ता भएका  हुन ।


संखुवासभामा १८ जना वेपत्ताका सुचिमा छन भने पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन ।

 
शनिबारको वर्षाका कारण संखुवासभा, पाँचथर र  ताप्लेजुङमा बढी क्षति र्पुयाएको थियो ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex