७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राहदानी दस्तुर घट्यो, १० हजार लाग्ने अब ५ हजारमै 


प्रकाशित: आइतवार, ३ असार २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । राहदानी विभागले राहदानी दस्तुर घटाएको छ । ६६ पृष्ठको ठुलो परिणामको राहदानी अब ५ हजार दस्तुर लाग्ने छ । 


विभागले सो राहदानी थन्केर बसेपछि उक्त राहदानी खपत गराउन भन्दै दोब्बर दस्तुर घटाएको हो । यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो । 


विभागमा रहेको झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले आज (आईतवार)देसख लागू हुने गरी दस्तुरमा ५ हजार रुपैयाँ घटाएको छ । 


विभागले २०७८ साल मंसिर १ गतेदेखि विद्युतीय राहदानी सेवा सुरू गर्दा ३४ पृष्ठ र ६६ पृष्ठ गरी दुई प्रकारको राहदानी सेवा प्रवाह गर्दै आएको थियो ।  


६६ पृष्ठको राहादानी खपत गराउन ३४ पृष्ठको राहदानी भने बन्द गरिएको विभागले जनाएको छ । 


त्यसैगरी अब जिल्लाहरूबाट राहदानी बनाउनेहरूले ५ हजार रुपैयाँ र विभागबाट १२ हजार रुपैयाँ दस्तुर बुझाएर ६६ पृष्ठकै राहदानी पाउने छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex