१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

केही सेकेन्डमै खाद्यपदार्थको गुणस्तर जाँचिने


प्रकाशित: सोमबार, १४ साउन २०७५, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । खाद्यपादार्थको गुणस्तर जाँच गर्ने आधुनिक मेसिन नेपाल भित्रने भएको छ । मेसिनको प्रयोगले हामीले खाने पदार्थको गुणस्तर केही सेकन्डमै थाहा पाईने भएको छ ।

 
‘हाइजिना’ नाम दिएको सो प्रविधिमार्फत खाद्य पदार्थ दुध, पानी लगायतका खाद्य पदार्थमा भएको किटाण वा अखाद्य पदार्थबारे तुरुन्तै थाहा पाईने आईतबार आयोजित एक कार्यक्रममा जानकारी दिएको छ । 


बेलायतस्थित हाइजिना अन्तर्राष्ट्रिय कम्पनीले बनाएको सो प्रविधिबारे स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जानकारी दिएका छन् । 


उनले नेपालमा खाद्य पदार्थको गुणस्तर मापन गर्ने अत्याधुनिक प्रविधि नहुँदा जनताले गुणस्तर नभएका खाद्य पदार्थ प्रयोग गर्नुपरेको बताईन् । 


उक्त कम्पनीका युरोप, मध्यपूर्व र एसिया क्षेत्रका क्षेत्रीय व्यवस्थापक ह्युगो गोन्जालेजले यो प्रविधिले खानेपानी, दूधलगायतका पेय पदार्थको शुद्धीकरणबारे थाहा पाउन सकिने भएकाले होटल, रेष्टुरेण्ट, अस्पताल, औषधि पसलजस्ता संवेदनशील क्षेत्रमा प्रयोग गर्न सकिने जानकारी दिए । 


यस प्रविधि नेपाल भित्राएको खिलुङ कालिका ग्रुपका प्रमुख खुमाप्रसाद अर्याल यो मेशिनले गुणस्तरका लागि हुनुपर्ने शुद्धता छ कि छैन भनेर पत्ता लगाई त्यसलाई सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex