७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

१६ जना थुनामा पठाउन अदालतको आदेश, २ जना घरौटीमा रिहा


प्रकाशित: शुक्रवार, १ असार २०८०, २२ः०० बजे
- महानगरखबर

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना मध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । 


शुक्रवार भएको आदेशमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी लगायत १६ जनालाई थप अनुसन्धानको लागि पुर्पक्षमा पठाएको हो । 


सो प्रकरणमा आरोपी रहेका लक्ष्मी महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख धरौटीमा छाड्न आदेश दिइएको छ । उनीहरु धरौटी बुझाएर रिहा भएका छ । अरुलाई भने आदेशअनुसार सुन्धारास्थित जगन्नाथ देवल, कारागारमा पठाएको छ ।


शुक्रवार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार होइन भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex