२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अनलाईन जुवा खेलाउने कार्यमा संलग्न २ हास्यकलाकार सहित ८ जना पक्राउ


प्रकाशित: विहिवार, ३२ जेठ २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ ‘एप वान एक्स बेटु’मा सट्टेबाजी गर्ने कार्यमा संलग्न भएको आरोपमा २ जना हास्य कलकारसहित ८ जना पक्राउ परेका छन । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्ने कलाकारहरुमा बल्छी ध्रुवे भनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेल छन । 


प्रहरीले अन्य कलाकारको नाम भने सार्वजनिक गरेको छैन । उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो ।


पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । 


हिजो बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । 


उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न÷गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंमा पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex