२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

माईतीघरमा नागरिकता माग गर्दै आत्मदाहको प्रयास


प्रकाशित: मंगलवार, ३० जेठ २०८०, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । माईतीघर मण्डलमा नागरिकताको माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन ।


नागरिकता माग गर्दै आन्दोलन गरिरहेका संघर्ष समितिको प्रदर्शनमा उपस्थित मोरङ कटहरीका निरजकुमार कामतले आत्मदाहको प्रयास गरेका हुन ।


उनले आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । 


उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन ।


जन्मका आधारमा नागरिकता पाएकाहरुलाई वंशजको आधारमा नागरिकता दिन सरकारले ल्याएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपिन सर्वोच्चमा रिट परेपछि हाल नागरिकता वितरण स्थगन अवस्थामा रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex