२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको ओमबहालमा दाईभाईको झगडामा दाईको मृत्यु, भाई पक्राउ


प्रकाशित: शुक्रवार, ३० जेठ २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ओमबहाल माथेमा चोकस्थित घरमा दाजुभाई विच भएको झगडमा दाईको मृत्यु भएको छ । 


सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोकमा भएको घरयासी झगडामा २५ बर्षिय भाई सुरज शाक्यले ४५ बर्षिय दाजु सुुर्यमाथि खुुकरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

 
खुुकरी प्रहार गरी भागेका सुुरजलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा २५ स्थित सिघलमा लुुकीछिपी बसको अवस्थामा पक्राउ गरेको हो । 


प्रहरीका अनुसार घट्नाबारे परिवारका अन्य सदस्यहरुले विहान घरमै मृत अवस्थामा सुुर्यलाई देखेपछि थाहा पाएका थिए । 


मृतकको शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनसेवा प्रहरीले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex