काठमाडौं । प्रेममा परेको एक युवकले प्रेमीकाले छोडेको बदला लिएका छन् । प्रेमीको सहयोगमा पुर्वप्रेमिकाको बलात्कार भएको छ ।
एक बर्ष अघि प्रेममा रहेका रामशरण पोख्रेलले विछोडिएका प्रेमीलाई फेसबुकमा भेटाएपछि उनीसँग कुराकानी गर्न भनेर बोलाएको मौका पारी साथी चन्द्र प्रसाईको संग्लनतामा बलात्कार गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
घट्ना राजधानीको कलंकीमा घटेको हो । प्रेमी पोख्रेलले गत विहिबार कलंकीको आशिर्वाद गेष्ट हाउसमा सो घट्ना घटाएका हुन ।
पीडित युवतीले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीका अनुसार प्रेमी पोख्रेलको प्रेमम रहेपनि उनको गतिविधिप्रति शंका लागेपछि उनी टाढिएको तर एक बर्ष पछि फेसबुकममा भेटिएपछि पूर्व प्रेमीले आफु सुध्रिएको, होटल संचालन गरेको झुठो कुरा गरेर भेट्न बोलाएर मादक पदार्थ खुवाई बलात्कार गरेको पीडित युवतीले प्रारिम्भक बयान दिएकी छिन् ।
पक्राउ परेका दुवै सशस्त्र प्रहरीका जवान हुन । उनीहरु सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यलय बल्खुमा कार्यरत छन् ।
Categorized in समाज