काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आ.व २०८०/०८१ बजेटमाथि उठेको प्रश्नको जवाफ दिने भएका छन ।
सोमवार दिउँसो १ बजे संसदमा अर्थमन्त्री महतले सांसदहरुले बजेटमा उठाएका विभिन्न प्रश्न तथा जिज्ञाशाको जवाफ दिने कार्यसुचि रहेको छ ।
अर्थमन्त्री महतले गत जेठ १५ गते आ.व. २०८०/०८१ को लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए ।
संसदमा बजेटमाथिको छलफल आईतवार सकेपछि नेकपा एमाले, कांग्रेस सांसदहरु गगन थापा, प्रदिप पौडेल, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपा, रास्वपा लगायतका सांसदहरुले बजेटमाथि प्रश्न गरेका छन ।
बजेटमा कर चुहावट, खर्च बचत गर्ने नाममा जिल्ला निर्वाचन कार्यलय खारेजी लगायतका प्रश्नहरु सांसदहरुले उठाउँदै अएका छन ।
Categorized in राष्ट्रिय