काठमाडौं । प्रहरीले लागुऔषधमा संलग्न गिरोहका एक जनालाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ ।
धरान बस्ने विकास भगतलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथिनै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनांमलमा उपचारको लागि पठाइएको छ ।
लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपिलियका अनुसार भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ ।
ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।
प्रहरीका अनुसार भगत काठमाडौं आएको सुचना पाएपछि प्रहरीले पिछा गरेको थियो ।
Categorized in समाज