२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

फेसबुकको चिनजानले लुटिईन महिला


प्रकाशित: आईतबार, १३ साउन २०७५, १९ः४३ बजे
- महानगरखबर

काठमाडौं । फेसबुकको चिनजानले काठमाडौं जोरपाटी बस्ने एक महिला लुटिएको प्रहरीले जनाएको छ ।


फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका–४ की ३२ वर्षीया महिलाको आधा तोलाको सुनको सिक्री, १ थान मोबाईल र नगद ४ हजार ५ सय रुपैयाँ रमेश, अनिष र अर्का एक जना मिलेर लुटपाट गरेको खुल्न आएपछि लुटेराहरुको खोजी गर्ने क्रममा लुटिएको सिक्री सहित अनिषलाई प्रहरीले पक्राउ गरेको हो ।  


भक्तपुर च्यामासिंह बस्ने सिन्धुपाल्चोक बलेफ गाँउपालिका–५ का १८ बर्षीय अनिष तामाङलाई भक्तपुरस्थित छायाँबस्तीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । 


लुटपाटका संलग्न अन्य दुई जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika