काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल चारदिने भ्रमणका भारत भ्रमण प्रस्थान गरेका छन ।
प्रधानमन्त्री दाहाल प्रचण्ड, स्वकीय सचिव छोरी गंगा दाहालसहित ५ जना मन्त्रीहरु भ्रमण टोलीमा सहभागी छन ।
बुधवार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली भारत गएका हुन ।
टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल लगायत छन ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
बीबीसी हिन्दीका अनुसार भोली (विहिवार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा भेटवार्ता हुनेछ भने दाहालको सम्मान दिवा भोजका पनि आयोजना गरिएको छ ।
भारतीय राष्ट्रपति द्रौपदी मुुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटघाट कार्यक्रम रहेका छ । भ्रमणको क्रममा प्रम दाहालले भारतको उज्जवैन र इन्दोर पनि जानेछ ।
प्रम दाहाललको भारत भ्रमण यो चौथो पटक हो । यस भ्रमण विभिन्न द्धिपक्षिय सहमति, सम्झौता हुने कार्यतालिका रहेको छ ।
Categorized in राष्ट्रिय