काठमाडौं । पुरातात्विक सम्पदा रानीपोखरी अन्ततः नेपाली सेनालाई पुनःनिर्माणको जिम्मा दिने निर्णयमा काठमाडौं महानगरपालिका पुगेको छ ।
मेयर विद्यासुन्दर शाक्य पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारीमा छ ।

महानगरले रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पाएपनि पुनः निर्माण सुरु भएदेखि नै विवाद सुरु भयो । कहिले स्थानीयवासी, कहिलेदसम्पदा अभियानकर्ता त कहिले पुरातत्व विभागले निर्माणमा अबरोध खडा गरेपछि रानीपोखीर निर्माण अतिनै आलोचित बन्यो ।
यता उपमेयर हरिप्रभा खड्गीसहित केही वडाध्यक्षले भने नेपाली सेनालाई ठेकदार बनाउन नहुने मत राखेर विरोधमा उत्रिएका छन् । केही दिन महानगरको बोर्ड बैठकमा समेत नेपाली सेनलाईलाई रानीपोखरी बनाउने जिम्मा दिने बिषयको चर्को विरोध भएको थियो ।
मेयर शाक्य आलोचित रानीपोखरी पुनर्निर्माणमा सेनाको सहयोग लिन खोजिएको छ । यस अघि मेयर शाक्यले यसबारे सुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।
रानीपोखरीको पुनःनिर्माणको सेनालाई जिम्मेवारी दिन मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराउनुपर्ने हुन्छ ।
Categorized in सम्पदा/संस्कृति