काठमाडौं । इण्डोनेसियामा स्थानीय समयअनुसार आज विहान ७ बजे ६.४ रेक्टरको शक्तिशाली भूकम्प भएको छ ।
सो भूकम्पमा परी १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने अनुमान गरिएको अधिकारीहरुले जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय