काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटो जात्राको अवलोकन गरेका छन ।
विहिवार ललितपुरको जावलाखेलस्थित रातोमच्छिन्द्रनाथको रथबाट गुुठी संस्थानका कर्मचारीले राष्ट्रपतिको उपस्थितीमा भोटो देखाएका हुन ।
राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे ।
लगनखेलबाट जावलाखेल र्पुयाइएको चौथो दिन भोटो देखाउने परम्परा रही आएको छ ।
सो अवसरमा भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायतका सहभागी थिए ।
Categorized in सम्पदा/संस्कृति