७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना संलग्न रहेको प्रहरी निष्कर्ष


प्रकाशित: सोमवार, ८ जेठ २०८०, १५ः२० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरी निष्कर्ष रहेको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंले २ महिना लामो अनुसन्धानपछि शरणार्थी प्रकरणको प्रतिवेदन सोमवार सरकारी वकिलको कार्यलयलाई बुुझाएको छ । 


नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरी अनुसन्धानले बुुझाएको प्रतिवेदनले जनाएको छ । 


प्रहरीले उनीहरुलाई विभिन्न अपराधमा मुद्दा चलाउन सिफारिसक समेत गरेको छ । ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ । 


प्रहरीले अहिले सम्म यो प्रकरणमा १६ जनलाई पक्राउ गरिसकेको छ भने थप १६ जनालाई फरारको सुचिमा रहेका छन । 


१०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको प्रहरीले जनाएको छ । 


अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ ।


त्यसैगरी पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ ।


यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन ।

 
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने फरार छन । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex